२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सीआइबीको नक्कली परिचय पत्र, छापसहित ४ जना पक्राउ

सन्तोष सिंह

धनुषा — नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को नक्कली परिचय पत्र र छाप बनाउने ४ जना प्लास्टिकको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सिटी प्यालेस गेस्ट हाउसबाट सीआइबीको छाप र कागजात बनाउने गिरोहलाई पक्राउ गरेको हो ।

सीआइबीको नक्कली परिचय पत्र, छापसहित ४ जना पक्राउ

गिरोहबाट विभिन्न बैंक तथा कार्यालयको स्टाम्प, चेक, बैंकका भौचर, सीआइबीको लेटर प्याड र नेपा रेल्वेको लेटर प्याडहरु बरामद भएको प्रहरीले जनाएको छ ।

होटलमा बसेर अपराधी समूहले सरकारी कागजात, दस्तखत र छाप किर्ते गरी नक्कली कागजात तयारी गरिरहेको अवस्थामा प्रहरीले भारत बिहार घर भइ विराटनगर उपमहानगरपालिका–१ बस्दै आएका २७ वर्षीय समिर साह, महोतरी भंगहा नगरपालिका–९ का २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन साह र जनकपुरधाम–२ का ५० वर्षीय रामचन्द्र साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : पुस १७, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?