नेकपाभित्रको किचलोले प्रतिनिधिसभा विघटन हुनु दुखद् : शर्मा

काठमाडौँ — सत्तारुढ नेकपा राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको बताएका छन् । राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार नेता शर्माले प्रतिनिधिसभा विघटन हुनु ठीक नभएको बताए । 

नेकपाभित्रको किचलोले प्रतिनिधिसभा विघटन हुनु दुखद् : शर्मा

शुक्रबार सुरु भएको राष्ट्रिय सभा बैठकमा शर्माले भने, 'पार्टीको अन्तरविरोधका कारणले जननिर्वाचित प्रतिनिधिसभा सहिद हुन पुग्यो ।'

प्रतिनिधिसभाको विघटन उचित हो कि होइन भन्ने छलफलको विषय भएपनि अहिलेको सन्दर्भमा प्रतिनिधिसभा विघटन हुनु सही नभएको शर्माको भनाइ थियो । उनले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको बताए ।

शर्माले पार्टी विभाजन रोक्नसक्ने केही तरिका भए पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आग्रह गरे । उनले भने, 'हामी विभाजित हुन गइराखेका छौं । अझै पनि हामी एकठाउँमा हुनसक्ने सम्भावना छन्, त्यस्ता किसिमका समीकरण रसायनहरू छन् भने ती रसायनहरूबाट जोड्नका लागि प्रयत्न हुनेछ । त्यसका लागि प्रयासरत रहौं । वामदेव गौतमको प्रयत्न सफल रहोस् ।'

नेकपा विभाजन सिद्धान्त र दर्शनको आधारमा नभइ राजनीतिक कारणले हुन लागेको भन्दै शर्माले दुःख व्यक्त गरे । उनले नेकपा विभाजनबाट आफू चिन्तित भएको बताए । 'यस्तो अवस्थामा हामी यहाँ उभिएका छौं । नेकपा बन्दाखेरि म सबैभन्दा खुसी थिए । नेपाली जनता खुसी थिए । विभाजनको संघारमा हुँदा मेरो मुटु चिरिएको, मुटु फुटेको अनुभव गरेको छु । इतिहासमा जुट्यौं पनि फुठ्ट्यौं पनि । विगतका फुटहरूमा मलाई यती धेरै पीडा हुने थिएन,' उनले भने ।

राजनीतिक दल विभाजन हुँदा लोकतन्त्र र व्यवस्था कमजोर हुने शर्माको भनाइ थियो ।

प्रकाशित : पुस १७, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?