१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्मचारी भर्ना न्यून

काठमाडौँ — लोक सेवा आयोगले गत आर्थिक वर्षभरिमा निजामती सेवातर्फ ३ सय ४ जनालाई मात्रै नियुक्तिको सिफारिस गरेको छ । विगतका वर्षहरूको तुलनामा उक्त संख्या न्यून हो ।

कर्मचारी भर्ना न्यून

कोभिड महामारीका कारण आयोगले निकाल्ने विज्ञापन, परीक्षालगायतका काम रोकिएपछि सिफारिस संख्या कम भएको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगत वर्षहरूमा निजामती सेवातर्फ मात्रै ५ देखि ६ हजारसम्म सिफारिस हुँदै आएकामा यस वर्ष सयको अंकमा उक्त संख्या झरेको छ । कोभिडका कारण अन्य क्षेत्र प्रभावित भएजस्तै सरकारी सेवाको भर्ना प्रक्रिया पनि प्रभावित भएको उनले उल्लेख गरे । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष गत आवको वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको ६१ औं प्रतिवेदनले सरकारी सेवामा भर्ना अत्यन्तै न्यून हुन पुगेको औंल्याएको छ ।

कोभिडको कारण जनाउँदै चैत ११ देखि लकडाउन लगाइएपछि सरकारले नयाँ विज्ञापनको प्रकाशन र परीक्षाहरूमा रोक लगाएको थियो । लिखित उत्तीर्ण भएकाको मौखिक परीक्षा, प्रारम्भिक परीक्षा उत्तीर्ण भएकाको अर्को चरणको लिखित परीक्षा रोकिएको थियो । फाराम भरेर परीक्षा दिन नपाएकाको संख्या ठूलो हुन पुग्यो । आयोगले तिनै कारणहरूले नियुक्तिको सिफारिस कम भएको जनाएको छ ।

प्रकाशित : पुस १७, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?