कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न तयार छौं : भारतीय राजदूत

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग मन्त्रालय पुगेर भेटवार्ता गरेका छन् ।

कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न तयार छौं : भारतीय राजदूत

मन्त्री त्रिपाठीसँग भेटवार्ता गर्ने क्रममा भारतीय राजदूत क्‍वात्राले कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् । जवाफमा मन्त्री त्रिपाठीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भारतको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयका एक प्रतिनिधिले बताए ।

विश्वमा विभिन्न संस्थाहरुसँग संलग्न भएर भारतले कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गरिरहेको छ । र, नेपाल सरकारले पनि भारत सरकारलाई खोप आउनेबित्तिकै नेपाललाई सहयोग गर्नका लागि आग्रह गरिसकेको छ ।

उक्त भेटमा राजदूत क्‍वात्राले भारतले खोप लगायत महामारीको सामना गर्ने साझा प्रयासहरुमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएको दूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ सरकार भएपछि गरेको मन्त्रिपरिषद् विस्तारका दौरानमा त्रिपाठीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा पठाएका छन् ।

प्रकाशित : पुस १६, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?