कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : मुख्यमन्त्री पौडेल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यात्मक कदम भएको टिप्पणी गरेका छन् । बिहीबार हेटौंडामा आयोजित नेकपा सम्बद्ध मोर्चा संगठन मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटन गर्नु बाध्यात्मक कदम भएको दाबी गरेका हुन् ।

संसद् विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : मुख्यमन्त्री पौडेल

‘लोकतन्त्र र संघीयतालाई प्रधानमन्त्रीलाई सिध्याएको होइन । बचाउनका लागि यो कदम चालिएको हो ।’, उनले संसद विघटन नगरेको भए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी प्रचण्ड–नेपाल समूहबाट भएपछि संसद् विघटनको अन्तिम हतियार प्रधानमन्त्री ओलीले प्रयोग गरेको बताए ।

‘सरकारले गरेको कामबाट हामी झुक्नुपर्ने अवस्था छैन । सरकारले गरेको काम सही छ । अलमल र भ्रममा पर्नुपर्दैन । राष्ट्रिय स्वाधिनता र राष्ट्रलाई बचाउन प्रधानमन्त्रीबाट यस्तो कदम चालिएको हो ।’, मुख्मन्त्री पौडेलले संघ र प्रदेश सरकार गठन भएको तीन वर्षमा भौतिक पूर्वाधार निर्माणको काम गरेको बताए ।

उनले प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव विकासविरोधीहरुले राखेको बताए । प्रदेश सरकारले यो तीन वर्षमा धेरै काम गरेको दाबी गर्दै उनले त्यो काम गरेको देख्न नसक्ने आफ्नै जिल्लाका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर घात गरेको बताए । उनले आफ्नै जिल्लाका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोमा आक्रोश व्यक्त गरे ।


प्रकाशित : पुस १६, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?