कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख

काठमाडौँ — पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन् ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा खारेज हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । उनीहरुले प्रतिनिधिसभालाई पुनःस्थापना गर्न नसकिएमा संविधान र आम नेपालीको भावना विपरीत हुने बताएका छन् ।

उनीहरुले मध्यवधि निर्वाचन अनावश्यक र सम्भव नभएको बताउँदै निर्वाचनमा हुने खर्चले धेरैजनालाई कोरोना महामारीबाट बचाउन सकिने बताउँदै उनीहरुले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार नभएकाे बताए । उनले भने, 'यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।'

प्रकाशित : पुस १६, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?