२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता : देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन नै अहिलेको अभिभारा रहेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको बताएका छन् । 

जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता : देउवा

मेलमिलाप दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उनले जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको सान्दर्भिकता रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं,’ उनले भने, ‘जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो ।’ विभिन्न समुदाय र हिमाल, पहाड र तराईबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान रहेको देउवाको भनाइ छ ।

बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको जनाउँदै देउवाले उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको बताए ।

मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाको भनाइ थियो ।

प्रकाशित : पुस १६, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?