कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

शान्ति केन्द्रलाई १ रुपैयाँ दान

लुम्बिनी — लुम्बिनीमा बनाउन लागिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस केन्द्रका लागि मुठीदान अभियानअन्तर्गत एक रुपैयाँ दान कार्यक्रम अघि बढेको छ । अभियानका लागि विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपातेन्जिङ रिम्पोचेलाई लुम्बिनीमा एक रुपैयाँ दान गरे ।

अहिले निर्माण स्थलमा पुग्दै एक रुपैयाँ दान गर्नेहरू बढिरहेका छन् । अभियानको सुरुवात गत मंसिरमा सार्क महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान गरेर शुभारम्भ गरेका थिए ।

त्यस्तै पशुपति क्षेत्र विकास कोष सदस्यसचिव डा. प्रदीप ढकालले पनि एक रुपैयाँ दान गरे । नेपालमा एक रुपैयाँ र अन्यत्र एक डलर दान अभियान चलाएर लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैतिरबाटै व्यापक सहभागिता र योगदान होस् भन्ने उद्देश्यले अभियान चलाइएको परिकल्पनाकार रिन्पोचेले बताए । ‘यस्तो कामले सबैको सहभागिता हुन्छ,’ उनले भने, अपनत्व बढेर शान्ति, सद्भाव, मैत्री र करुणाको भावना उत्प्रेरित हुन्छ ।’

केन्द्रमा दुई हजार जना अट्ने सभाकक्ष, शान्तिवार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र बन्नेछ । जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको वर्ल्ड पिस केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

प्रकाशित : पुस १६, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?