कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मझुवागढीमा साकेला

डम्बरसिं राई

खोटाङ — ‘तलतल सिमसारैमा, एहोई हलहलेको साग छ स्यामुना
कसको छोरा कसको छोरी, एहोई तिम्रै माया लाग्छ स्यामुना...’

मझुवागढीमा साकेला

ढोल र झ्याम्टाको तालमा बुधबार मझुवागढीमा उँधौली साकेलाको गीत घन्किइरहेको थियो । सांस्कृतिक भेषभूषामा युवायुवतीमात्र होइन वृद्धवृद्धा पनि साकेला सिली नाचिरहेका देखिन्थे ।

किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिले कार्यक्रम आयोजना गरेको थियो । किरातीहरूले मंसिरे पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली गरी वर्षमा दुईचोटि साकेला सिली नाँच्ने परम्परा छ ।

यसबेला जलचर तथा थलचर जीवजन्तु उँधौली लाग्ने भएकाले उँधौली मनाइएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा आराधना गर्ने चलन छ ।

त्यस्तै वैशाखे पूर्णिमामा मनाइने उँधौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने किराती संस्कृति छ ।

साकेला सिली किरातीहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास समृद्ध संस्कृतिका रूपमा रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

प्रकाशित : पुस १६, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?