२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

दाहाल पत्‍नी सीता अस्पताल भर्ना

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

दाहाल पत्‍नी सीता अस्पताल भर्ना

स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । दाहाललाई अस्पताल भर्ना गरिएको जानकारी उनकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत गराएकी हुन् ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रकाशित : पुस १५, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?