१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आरोपपत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : पोखरेल

कपिलवस्तु — लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पुष्पकमल दाहालले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका छन् ।

आरोपपत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : पोखरेल

बुद्धभूमि नगरपालिकाको बरकलपुरमा आयोजित ओलीनिकट कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको बताएका हुन् ।

दाहाल–नेपाल समूहले गरिरहेको आन्दोलनप्रति लक्ष्य गर्दै उनले मुलुकमा जारी विरोध आन्दोलन नभई चुनावको तयारी भइरहेको बताए । ‘सुरुमा काठमाडौं केन्द्रित थियो । अहिले जिल्लामा आइपुगेको छ,’ उनले भने, ‘केही समयपछि गाउँ पुग्छ । आन्दोलन गाउँमा पुग्नु भनेको मत माग्न जानु हो ।’

संसद् विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताए । सर्वोच्चले चुनावमा जान बाटो खोल्ने पनि उनले दाबी गरे । चिनियाँ टोलीको भ्रमणले पार्टीको अहिलेको अवस्थामा खासै फरक नपार्ने उनको भनाइ छ ।

प्रकाशित : पुस १५, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?