२०७७ को दसैं-तिहार सकिएको डेढ-दुई महिना बढी भइसके पनि महालेखा परीक्षकको कार्यालयको वेबसाइटको होमपेज खोल्दा दसैं-तिहार, नेपाल संवत् र छठको शुभकामना देख्न पाइन्छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाभित्रको विवाद एक पक्षले अर्कोलाई कारबाही गर्ने तहमा पुगेको छ । सत्तारुढ दल नेकपाभित्र अहिले दुवै पक्षले आधिकारिक संसदीय दल आफ्नो रहेको दाबी गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न ओली समूहका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ मेडिसिटी अस्पताल पुगेका छन् ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले पुस १७ गते (शुक्रबार)देखि अनलाइन मार्फत नै श्रम नविकरण (पुन: श्रम स्वीकृति) गर्न पाउने भएका छन् । बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुन: श्रम स्वीकृति लिन पाउनेछन् ।
पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको कार्यकर्ता हुन गएको टिप्पणी गरेका छन् । उनले भने, 'माधव नेपालजीको बारेमा मलाई टिप्पणी नै गर्नु छैन किनभने उहाँ प्रचण्डको कार्यकर्ता हो । उहाँ कार्यकर्ता हुन जानुभएको छ ।'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै बैंक खाता रोक्का गर्न दाहाल–नेपाल समूहले बैंक तथा वित्तीय संस्थालाई पत्र पठाएका छन् । पार्टीभित्र उत्पन्न विशिष्ट परिस्थितिका कारण अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का गर्न आग्रह गर्दै सबैजसो बैंकलाई पत्र पठाइएको छ ।
नेपालमा संघीयता लागू हुनुअघिदेखि यसका अवसर र चुनौतीबारे छलफल हुँदै आएको छ । पछिल्लो प्रतिनिधिसभा विघटनपछि संघीयताकै भविष्यबारे पनि चिन्ता पोख्नेहरू बढेका छन् । गण्डकी प्रदेशका दुई राजनीतिक प्रतिनिधि प्रदेश २ का गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले संघीयता खतरामा नपर्ने बताएका छन् ।
काठमाडौंमा तीन सातादेखि पुसको चिसोमा उखु किसानको सडकमा धर्ना । यता भारतमा दिल्ली वरिपरि नरेन्द्र मोदी सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा किसानहरुको आन्दोलन । प्रत्यक्षरुपमा गरीब किसान संलग्न यी घटनाबाट शायदै अलग रहन सक्थे दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्लि्क्टमा अध्ययनरत मिलन पौडेल ।
नेकपाका दुई खेमा केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्ष पार्टीको नाम र चुनाव चिन्ह 'सूर्य' आफ्नो पक्षमा पार्नका लागि कानुनी लडाइँमा लागेका छन् । ओली पक्षले आफू आधिकारिक पार्टी भएको भन्ने दाबी गरिरहेको छ भने दाहाल-नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा भएकाले नाम र चुनाव चिन्ह आफ्नो हुनुपर्ने भनिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।
कोरोना संक्रमण भएपछि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता तथा संविधानविद् राधेश्याम अधिकारीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई ज्वरो नघटेपछि स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल लगिएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् ।
नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् । ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्नका लागि प्रधानमन्त्रीसँग काँध मिलाएको बताए ।
नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफलसँगै सुरु भयो । कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गर्नु अदालतको भर्डिकअनुसार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । बहुमतको सरकार हुँदा पहिले पनि यस्ता किसिमका अभ्यास भएको उनको भनाइ छ ।
भूकम्पले जसरी घरहरू नास्यो, त्यसपछि चलेको पुनर्निर्माणले पनि रैथाने घरसँगै मौलिक वास्तुकला नासिने अवस्था निम्त्यायो । ग्रामीण शैलीका घर बन्ने तत्त्वहरू मासिए ।
आमासँगै वृक्षरोपण गर्दा उनी १० वर्षकी थिइन् । उनलाई यो राष्ट्रिय वन हो भन्ने थाहा थियो । ३४ वर्षीया लक्ष्मी बुढाथोकीलाई त्यही जग्गा निजी भएको लालपुर्जा देखाउँदै वनकै कर्मचारी र वन समितिका अध्यक्षले झुक्याए ।
बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताइन् ।
भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खुला राजनीतिमा रहेका तीन दल मिलेर सरकारविरुद्ध मोर्चा घोषणा गरिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एकै मोर्चामा अगाडि बढ्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ हुन लागेका हुन् । सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको छ ।
नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पुष्पकमल दाहालले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका छन् ।
नेपालमा कोरोना भाइरस महामारीले जनस्वास्थ्यको क्षेत्रमा नयाँ पाठ सिकाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताएका छन् ।
नेकपामा विभाजन देखिएसँगै प्रदेश सरकार फेरबदलका लागि तानातानमा परेको प्रमुख प्रतिपक्ष कांग्रेसले कुन समूहसँग तालमेल गर्ने भन्ने निर्णय गर्न सकेको छैन । प्रदेश १ र वाग्मतीमा अविश्वासको प्रस्ताव दर्ता भइसके पनि प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले कांग्रेस नेताहरूले अझै केही दिन पर्ख र हेरकै स्थितिमा बस्ने जनाएका छन् ।