कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओलीको असंवैधानिक कदम लामो समय टिक्दैन : भुसाल

सन्जु पौडेल

तिलोत्तमा — नेकपा (दाहाल–नेपाल) पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम लामो समयसम्म नटिक्ने बताएका छन् ।

ओलीको असंवैधानिक कदम लामो समय टिक्दैन : भुसाल

संसद् विघटनको विरोधमा दाहाल–नेपाल समूहले मंगलबार बुटवलमा आयोजना गरेको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै उनले तीन महिना भित्रमा संसद् पुनःस्थापना गरेरै छाड्ने दाबी गरे । ‘बढीमा तीन महिनाभित्र संसद पुनःस्थापना हुनेछ,’ उनले भने, ‘लोकतन्त्रको संरक्षक सर्वोच्च अदालतले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्नेछ ।’ संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको भुसालले बताए ।

प्रधानमन्त्रीको कदमविरुद्ध आफूहरुको आन्दोलन नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने उनको भनाइ छ । प्रधानमन्त्री ओलीलाई दुई तिहाई मत दिएर संविधान रक्षाको लागि पठाएको तर तानाशाही तरिकाले संविधान माथि बर्खिलाप गरेको भुसालले जनाए । ओलीकै कदम र स्वेच्छाचारी शैलीले अहिलेको अवस्था आएको बताए । प्रतिनिधिसभा विघटन आन्दोलनबाटै फिर्ता गराउने पनि भुसालले बताए ।

प्रकाशित : पुस १४, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?