२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

केपी ओली बयल गाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्‍ने देखियो : दाहाल 

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् । 

केपी ओली बयल गाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्‍ने देखियो : दाहाल 

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका हुन् ।

उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । 'केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो । संघीयता र धर्मनिरपेक्षताविरोधी हो भन्ने थाहा थियो । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।'

प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह भएको बताउँदै दाहालले ओलीले देशलाई भड्खालोमा पार्न चाहेको प्रमाणित भएको बताए । उनले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै केपी ओली विचारमा पनि स्खलित भइसकेको टिप्पणी गरे ।

दाहालले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको बताएका छन् । 'ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर सोचेको थिएन,' उनले भने ।

प्रतिनिधिसभा विघटन नसच्चिएसम्म आन्दोलन नरोकिने दाहालले बताए । यो अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको भन्दै उनले यसबाट छिटो निकास पाउने बताए ।

प्रकाशित : पुस १४, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?