कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाए : नेता पाण्डे

गण्डकी — नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका छन् । उनले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका हुन् ।

भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाए : नेता पाण्डे

प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा मंगलबार नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विरोध प्रर्दशनमा बोल्दै नेता पाण्डेले भारतको उक्साहटमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको आरोप लगाए ।


नेकपाको दाहाल-नेपाल समूहले मंगलबार पोखरामा निकालेको विरोध प्रदर्शन । तस्बिरः प्रतीक्षा काफ्ले/कान्तिपुर ।

उनले भने,‘भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेबलमुनि राखेर पुरानै नक्सा देखाएर वार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेका छन् ।’ नेता पाण्डेले प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले भन्दा ठूलो दर्भाग्य व्यहोनुपर्ने बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै यसविरुद्ध गरिएको आन्दोलन नेताको लागि नभई जनताको लागि भएको नेता पाण्डेको भनाइ थियो ।

उनले पार्टीमा दाहाल–नेपाल समूहको बहुमत भएको दाबी गरेका छन् । उनले प्रम ओलीलाई कोरोनाले थिल्थिलाएको देशलाई प्रतिगामी कदम चालेर द्वन्द्वमा घचेट्न लागेको आरोप लगाए । पूर्व एमाले र पूर्व माओवादीबीच एकता गर्ने क्रममा भएका सम्झौतालाई प्रम ओलीले कार्यान्वयन गर्न नखोज्दा अहिले यो अवस्था आएको उनको भनाइ थियो । ओलीलाई अरुबाट परिचालित गरिएको बताउँदै नेता पाण्डेले संविधानमाथि बलात्कार भएको बताएका थिए ।

प्रकाशित : पुस १४, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?