कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यसपटक तमु ल्होसार घरघरमै मनाइने

टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम नहुने

काठमाडौँ — तमु (गुरुङ) समुदायले तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँदछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो ।

यसपटक तमु ल्होसार घरघरमै मनाइने

‘यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम हुने छैन,’ ल्होसारको अवसरमा धेरै कार्यक्रमहरू सुरु रहेको उल्लेख गर्दै छोंजधिका अध्यक्ष रेशम गुरुङले भने, ‘धेरै कार्यक्रमहरू भर्चुअल जुम प्रविधिबाट राखेका छौं । संस्थाको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।’ उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।

‘आज (मंगलबार) राति बाह्र बजे खेंगी गुरुहरूद्वा पूजा, बोन फाएर र रिपा लगाउने, आशिर्वाद ग्रहण गरी पुरानो वर्गको विदाइ र नयाँ वर्गको स्वागत गरिनेछ,’ अध्यक्ष गुरुङले भने । परिषद्ले ल्होसारको मुख्य दिन बुधबार अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने छन् । त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जनाएका छन् ।

प्रकाशित : पुस १४, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?