कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्राप्त उपलब्धि नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले संसद् विघटन गरे : नेता खाँण

माधव ढुंगाना

भैरहवा — कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धि नै संकटमा पार्ने गरी प्रधानमन्त्रीले संसद् विघटन गरेको बताएका छन् ।

प्राप्त उपलब्धि नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले संसद् विघटन गरे : नेता खाँण

संवैधानिक व्यवस्था विपरीत संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोध सभा कार्यक्रममा बोल्दै नेता खाँणले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आम नेपालीको भावनामाथि ठेस पुर्‍याउनुको साथै जनभावनालाई कुल्चिएको आरोप लगाउँदै खाँणले संसद् विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने आरोप पनि लगाए ।

यदि संसद पुनःस्थापना नभएमा ओलीले मुलुकमा निर्वाचन समेत हुन नदिने दाबी खाँणले गरे । ‘मुलुकलाई अस्थिरतातर्फ धकेल्न नै पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,’ खाँणले भने, ‘रक्षक नै भक्षक भएपछि कसरी संविधान जोगाउन सकिन्छ ?’

तर कांग्रेसले संविधानको रक्षा गर्न जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनले जनाए । यदि गुठी विधेयकविरुद्ध जस्तै एकैपटक नेपाली जनता उठेमा ओलीले घुँडा टेक्ने दाबी उनले गरे ।

नेता खाँणले कम्युनिष्ट सरकार बनेयता मुलुकमा भ्रष्टाचार, बलात्कार, हत्या हिंसाका घटना बढेको र भ्रष्टाचार गर्दिनँ भन्ने ओली आफै भ्रष्टाचारी भएको आरोप समेत लगाए ।

प्रकाशित : पुस १३, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?