कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न कोइरालाको आग्रह

नारायण शर्मा

नवलपरासी — कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले कांग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने बताए । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनलाई आत्मसाथ गर्दै मतदाताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न कोइरालाको आग्रह

नेपाली कांग्रेस पूर्वीनवलपरासीद्वारा सोमबार गैंडाकोटमा आयोजित सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै निर्वाचन गराउन कांग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको चर्चा गरे ।

कोइरालाले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाए । ‘प्रधानमन्त्रीले सत्ता बस्ने बाहेक देश परिवर्तनका लागि कुनै काम गरेनन् ।,’ कोइरालाले भने । निर्मला बलात्कार काण्डका अभियुक्तलाई कारबाही गर्न समेत नसकेको भन्दै उनले सरकारको आलोचना गरे । कोइरालाले कोरोना नियन्त्रण गर्न पर्ने समयमा सरकारले भ्रष्टाचार बढाउने काम मात्र गरेको बताए ।

कांग्रेस पूर्वी नवलपरासीले सोमबार गैंडाकोट र चोरमारामा संसद् विघटनविरुद्ध सरकारको आलोचना गर्दै विरोध सभा सम्पन्न गरेको हो ।

प्रकाशित : पुस १३, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?