२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अविश्‍वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री राई

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् । नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्‍वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्‍चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए ।

अविश्‍वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री राई

'अविश्‍वासको प्रस्ताव म सुविधाजनक बहुमतका साथमा प्रदेशसभामा सामना गर्छु,' उनले भने, 'प्रदेशलाई कोल्याप्स गर्ने र तहसनहस बनाउने चाहना र उद्देश्य असफल बनाउनेछु ।'

अविश्वासको प्रस्ताव आफूले काम नगरेर वा नाजायक काम गरेर नभई नियोजित तरिकाले दर्ता गरिएको भन्दै उनले यो विषयमा सांसदहरु जानकार रहेकोले आफूलाई सामना गर्न अप्ठेरो नरहेको धारणा राखे । 'विवेक भएका

मान्य सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ । यो बनिबनाउ, सुनियोजित, निर्देशित चालबाजी हो भन्ने प्रदेशसभा सदस्यहरुलाई थाहा छ, त्यसैले म आरामले सामना गर्छु ।'

अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ, खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत हुन नदिने भन्ने मनसायबाट दर्ता भएको उनको टिप्पणी थियो ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएको छ ।

दलभित्रको अविश्वासको प्रस्तावको केही अर्थ नरहेने र आफ्नै नेतृत्वमा सरकार रहने उनले दाबी गरे । ‘अब बिस्तारै मन्त्रीमण्डल विस्तार गर्छौं,’ उनले भने, ‘सरकारी सुविधा प्रयोग गरेर आफ्नै सरकारको मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाएकाले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नु पर्‍यो ।’

‘संघीयता र संविधान कार्यान्‍वयन हुन नदिने र पुन: देशलाई द्वन्द्व र अशान्तिमा धकेलिने चाहना राख्नेहरुले प्रधानमन्त्रीलाई आफ्नै पार्टीबाट घेराबन्दी गरेर काम गर्न नदिएको परिणाम अहिले मुलुकमा देखिएको छ,’ उनले भने, ‘बन्द कोठामा घेराबन्दी गरेर गरिएको लेनदेनको प्रयासविरुद्ध प्रधानमन्त्रीले ताजा जनादेशका लागि अघि बढेको सही विकल्प हो ।’


प्रकाशित : पुस १२, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?