कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालको राजनीतिक घटनाक्रम बुझ्न काठमाडौं आइपुग्यो चिनियाँ टोली

काठमाडौं/बेइजिङ — नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आइतबार काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको हो ।

नेपालको राजनीतिक घटनाक्रम बुझ्न काठमाडौं आइपुग्यो चिनियाँ टोली

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका हुन् । उक्त टोली बेइजिङबाट छङ्तु हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएका हुन् ।

वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार चिनियाँ टोली चार दिन नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने छन् ।

नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा पटक–पटक विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा ‘घरदैलो’ कार्यक्रम गर्दै मिलेर जान आग्रह गरिरहेकी छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे हालसम्म नबोलेको चीनले राजदूत होउलाई नेकपाका नेताहरुलाई भेट्न पठाएर अझै मिलेर जानको लागि आग्रह गर्दै आइरहेकी छन् ।

प्रकाशित : पुस १२, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?