कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार काठमाडौं उत्रिँदै

लक्ष्मी लम्साल

बेइजिङ — नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार काठमाडौं उत्रिँदै

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको हो । बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।

झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ । यद्यपि चिनियाँ अधिकारीहरूले भ्रमणको उद्देश्यबारे प्रकाश पारेका छैनन् ।

प्रकाशित : पुस ११, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?