बादल झुक्किएर बालुवाटार जानुभएछ जस्तो लाग्छ : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल (दाहाल-नेपाल पक्ष) ले रामबहादुर थापा झुक्किएर बालुवाटार गएको बताएका छन् । 

बादल झुक्किएर बालुवाटार जानुभएछ जस्तो लाग्छ : दाहाल

दाहाल-नेपाल पक्षले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय सदस्य तथा गृहमन्त्री थापाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले भने, 'बादलले यता आएर गर्न लागेको भाषण उता गएर गर्नुभएको जस्तो लाग्यो । झुक्किएर उता जानुभएको जस्तो लाग्यो भाषण सुन्दा ।'

थापा भविष्यमा आफ्नै पक्षमा आउने भएकाले त्यसबारे आफू धेरै नबोल्ने बताए । बिहीबारको बैठकमा थापा ओली पक्षतिर लागेका थिए । थापानिकट सबै नेताहरू भने दाहाल नेपाल पक्षतिर लागेका छन् ।

त्यस्तै, सबै संवैधानिक अंग सेटिङमा चल्ने विश्वास आफूले नलिएको बताए । प्रधानमन्त्री ओली आफू सेटिङमा चल्ने गरेको र अरु पनि त्यस्तै चल्छन् भन्ने सोचमा रहेको दाहालको भनाइ थियो ।

प्रकाशित : पुस १०, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?