वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका तीन मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै दाहाल–नेपाल खेमाका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

‘मुख्यमन्त्रीकै कारण प्रदेश सरकार अलोकप्रिय भइरहेको छ । यस्तो अवस्थामा जनचाहना अनुसार हामीले काम गर्न सकेका थिएनौं । त्यसैकारण हामीले सामूहिक राजीनामा दिएका हौं,’ प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै मन्त्री जम्मकट्टेलले केन्द्रको निर्देशनअनुसार आफूहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताए ।

सम्बन्धित समाचार

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रकाशित : पुस १०, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?