दाहालको कार्यकारी अधिकार बदर गर्ने ओलीपक्षीय केन्द्रीय समितिको निर्णय

सातै प्रदेशका संयोजक तोकियो, कुन प्रदेशमा को ?

काठमाडौँ — नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गरेको छ । 'उहाँलाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,' पार्टीका एक केन्द्रीय सदस्यले भने । 

दाहालको कार्यकारी अधिकार बदर गर्ने ओलीपक्षीय केन्द्रीय समितिको निर्णय

ओली पक्षले बिहीबार नै विधानमा पनि प्रथम अध्यक्ष (ओली) मात्रै हस्ताक्षर चल्ने गरी संशोधन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेको छ ।

यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनसंगठनको संयोजनको जिम्मेवारी टोपबहादुर रायमाझीलाई र उपत्यकाको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको बैठकपछि महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रकाशित : पुस ९, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?