कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देशमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ : दाहाल

'बादल नआए पनि उहाँका नजिकका साथीहरु आउनु भएको छ'

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको बताएका छन् । बिहीबार भएको दाहाल-नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा बोल्दै उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए । 

देशमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ : दाहाल

उनले भने,' २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ । हाम्रा उपलब्धिको हत्या गरिएको छ, अपहरण गरिएको छ । हामी मर्दै नमरेकालाई मरेको भनिएको छ । जरुरी पर्छ भने जुझारु संघर्षमा जानुपर्ने हुन्छ । '

अध्यक्ष दाहालले विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए । 'अन्तर्राष्ट्रिय तार पनि यहाँ जोडिएका छन् । भूराजनीतिक अवस्थितिको कारणले, विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको छ,' दाहालले भने ।

यस्तै, अध्यक्ष दाहालले आफूहरुको पार्टी भएको ओली समूहको पार्टी अवैधानिक रहेको बताए । उनले उक्त समूह गुट भएको बताए ।

दाहालले वामदेव गौतमसँग आफू सम्पर्कमा रहिरहेको बताए । 'वामदेवसँग हिजो छलफल भएको छ । आज पनि केही नेताले छलफल गर्नुभएको थियो, संकेत सकारात्मक छ,' दाहालले भने,' अस्ति ओली पक्षमा गएका २३ जनायता फर्किनुभएको छ । बादल (गृहमन्त्री रामबहादुर थापा)को हिजोसम्म निश्चित थिएन, आज उता जानुभएको हुनाले ल्याउन सकेनौं । बादलसँग नजिक भएर काम गरेका नेताहरू यता आउनुभएको छ ।'

दाहालले आफूहरुसँग आउने दिनमा यसरी फर्किने संख्या पनि बढ्ने बताउँदै इमानदार कम्युनिस्ट स्पष्ट भएर आफूहरुकहाँ आउने दाबी गरे ।

यस्तै, दाहालले ओलीको ३८ पृष्ठको आरोपको ४० पृष्ठको जवाफ बनाएको उल्लेख गर्दै उक्त जवाफलाई परिमार्जन गरेर सार्वजनिक गर्ने बताए ।

'एमाले र माओवादी केन्द्र ब्युताउन खोजिँदै छ'

नेकपा अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउन खोजिएको समेत आशंका व्यक्त गरे । 'हामी नेकपा हौं, ७० प्रतिशत हामी नेकपा यहाँ छौं । तर कहीं न कहीं डिजाइनमा त्यसो भएको छ । हिजोको एमाले र माओवादी केन्द्र ब्युताउन खोजिएको छ ।' १०० जना केन्द्रीय सदस्य लिएर ११०० घोषणा गर्न लागिएको जस्तो ओली समूहले नाटक रचना गरेको दाहालको भनाइ छ ।

उनले अदालत र निर्वाचन आयोगबाट संविधान र कानुनको आधारमा निर्णय हुने अपेक्षा राखे । 'सर्वोच्च अदालत होस् कि निर्वाचन आयोग संविधान र कानुनअनुसार काम होस् भन्ने आग्रह गर्छौं ।'

प्रधानमन्त्री चयन गर्ने विकल्पमा नगई संसद विघटन गरिएकोमा आपत्ति जनाउँदै दाहालले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको उल्लेख गरे । फेरि देशमा अस्थिरता निम्त्याउन जालझेल गर्न खोजिएको भन्दै उनले आफूहरु शान्तिपूर्ण राजनीतिको पक्षमा रहेको बताए ।

प्रकाशित : पुस ९, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?