ओली पक्षको केन्द्रीय समिति बैठकमा थापाले भने- नेकपाबाट एउटा गुट अलग भएको हो

'उहाँहरू (दाहाल–नेपाल)को ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ'

काठमाडौँ — नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । 

ओली पक्षको केन्द्रीय समिति बैठकमा थापाले भने- नेकपाबाट एउटा गुट अलग भएको हो

थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताएका छन् । 'प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ,’ बैठकलाई सम्बोधन गर्दै थापाले भने ।

उनले दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताएका छन् । 'उहाँहरू (दाहाल–नेपाल)को ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ,' आफ्नो सम्बोधनमा थापाले भने ।

संसद विघटनपछि केही दिन तटस्थ बसेका थापा आजको ओली समूहको बैठकमा सहभागी भएर ओलीलाई साथ दिएका छन् । बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका थिए ।

प्रकाशित : पुस ९, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?