संसद विघटन प्रतिगामी र गैरसंवैधानिक : बृहत् नागरिक आन्दोलन

काठमाडौँ — ५४ जना सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भएको बताएको छ । 

संसद विघटन प्रतिगामी र गैरसंवैधानिक : बृहत् नागरिक आन्दोलन

बृहत् नागरिक आन्दोलनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरिएको छ । यसले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथि प्रहारलाई गरेको भन्दै ‘यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ’ भनिएको छ । यो कदमलाई बदर गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति प्रत्यक्ष चासो नरहेको भन्दै आफूहरु लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार भएकाले आन्दोलित भएको बताइएको छ ।

आन्दोलनले यो कदमको सशक्त प्रतिवाद गर्न सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउाबाट आ–आफ्ना माध्याममार्फत प्रतिरोधमा उत्रन आहृवान गरेको छ । लेखक युग पाठक संयोजन गरेको आन्दोलनमा खगेन्द्र संग्रौला, अर्चना थापा, मनोज पण्डित, नारायण वाग्ले, भूपाल राई, कैलाश राई, विप्लव प्रतीक लगायत छन् ।

आन्दोलनले जारी गरेको प्रेस विज्ञप्ति:









प्रकाशित : पुस ८, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?