कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भोलि विरोधको कार्यक्रम ल्याउँछौं : सहमहामन्त्री महत

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीले भोलि (बिहीबार) संसद विघटनविरुद्ध आन्दोलनको कार्यक्रम ल्याउने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गर्न दबाब दिइरहेको छ । बुधबारको बैठकमा यसै बिषयमा सभापति शेरबहादुर देउवा र नेता पौडेलबीच चर्काचर्की परेको थियो । 

भोलि विरोधको कार्यक्रम ल्याउँछौं : सहमहामन्त्री महत

मंगलबारबाट सुरु भएको केन्द्रीय समितिमा देउवा पक्षीय नेताले भने आन्दोलनमा नगई चुनावमा जानुपर्ने र कांग्रेसलाई आएको अवसरको उपयोग गर्नुपर्ने बताएका छन् ।

सहमहामन्त्री महतले भने आन्दोलनको पक्ष र विपक्षमा देखाएर कांग्रेसमा फुट ल्याउने कोसिस गरिएको दावी गरे । 'पार्टीमा छलफल त हुन्छन् नि । त्यसो भन्दैमा हामीमा विभाजन छ भन्ने होइन । विभाजन ल्याउने कोसिस गरिँदैछ त्यो सफल हुँदैन । हामी संसद विघटनको विरोधमा छौं । हामी भोलि नै विरोधको कार्यक्रम घोषणा गर्दैछौं,' महतले कान्तिपुरसँग भने । उनले आन्दोलनका पूर्ण कार्यक्रमपछि घोषणा गरिए पनि बिहीबारको बैठकले देशभर प्रदर्शनका लागि एक दिने कार्यक्रम घोषणा गर्ने बताए ।

यो पनि पढ्नुहोस् :

आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा केन्द्रीय समितिमा देउवा र पौडेलको चर्काचर्की

कांग्रेस केन्द्रीय समितिले पुस १६ गतेलाई राष्ट्रीय एकता तथा मेलमिलाप दिवसका दिन मनाउने निर्णय पनि गरेको छ । सभापति देउवाले पुस १६ मै विरोध गर्ने कार्यक्रम ल्याउने बताएका थिए । तर केन्द्रीय गुरु घिमिरे लगायतले मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम गर्न नहुने बताएका थिए ।


प्रकाशित : पुस ८, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?