कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वडा अध्यक्षको हत्यामा संलग्‍न ४ जनालाई जन्मकैदको फैसला

मेनुका ढुंगाना

अछाम — अछाम जिल्ला अदालतले वडाध्यक्षको हत्यामा संलग्‍न ४ जनालाई जन्मकैदनको फैसला सुनाएको छ ।

वडा अध्यक्षको हत्यामा संलग्‍न ४ जनालाई जन्मकैदको फैसला

गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्‍न उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्‍न भएको भन्दै प्रेमबहादुर धामी,जीवन धामी,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफाइ पाएको उनले बताए । मृतकका भाइ सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेसाबाट राजीनामा गरी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा धामी निर्वाचित भएका थिए । घटनामा आफ्नै आफन्त संग्लग्‍न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाइ सुरतबहादुर धामीले बताए ।

प्रकाशित : पुस ८, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?