१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्वोच्चले के भन्छ भनेर कांग्रेसले कुर्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने हो : गगन थापा

काठमाडौँ — कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध कांग्रेसमा सडकमा उत्रिइहाल्नुपर्ने बताएका छन् । पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनी गरेको ठहरबाट दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने उनले बैठकले बताएका थिए । 'संसद चुनाव गर्नका लागि विघटन गरिएको होइन, हामीले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने हो,' थापाले बैठकमा भने ।

सर्वोच्चले के भन्छ भनेर कांग्रेसले कुर्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने हो : गगन थापा

'सडकमा हामी गएनौं भने अर्को कोही जान्छ, सडक कहिल्यै खाली हुँदैन,' बैठकमा थापाले भने, 'असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैन ।'

केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसले सडक संघर्षमा नभइ चुनावको तयारीमा जानुपर्ने बताएका थिए । थापाले भने संसद पुनस्थापना नभई प्रतिगमन नसच्चिने भन्दै असंवैधानिक तरिकाबाट हुने चुनावमा कांग्रेस जान नहुने बताएका थिए । यस्तै संवैधानिक परिषदले विभिन्न निकायमा गरेका सिफारिसलाई पनि कांग्रेसले मान्न नहुने उनको भनाई थियो । 'सिफारिस गरिएका हाम्रा मान्छेलाई त्यसलाई बहिष्कार गर्न भन्नुपर्‍यो । होइन भने हामी जनतामा के मुख लिएर जाने ?' थापाले भनेका थिए ।

बैठकमा बोलेका अर्का केन्द्रीय सदस्य रामशरण महतले चुनाव घोषणाले कांग्रेस उत्साही हुनुपर्ने भए पनि संसद विघटन संविधानविपरित भएकाले यसको विपक्षमा उभिनुपर्ने बताएका थिए । 'यो गलत कदमलाई नसच्च्याइ हुँदैन तर हामीले जनताको भावना पनि बुझ्न आवश्वयक छ ।' महतले आन्दोलन गर्दा कम्युनिष्टसँग नमिली कांग्रेसले एक्लै गर्नुपर्ने बताएका थिए । उनले संवैधानिक परिषद्का सिफारिस पनि मान्न नहुने बताएका थिए ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी र आनन्द ढु्ंगानाले पनि बोलेका थिए । केसीले सडक आन्दोलनको पक्षमा बोलेका थिए भने ढुंगानाले संसद विघटन असंवैधानिक भए पनि आन्दोलनका स्वरुपबारे छलफल गर्नुपर्ने बताएका थिए ।

मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदमको विरोधमा भएका सबैको नेतृत्व गर्दै कांग्रेस आन्दोलनमा जानुपर्ने बताएका थिए । बैठकमा सभापति शेरबहादुर देउवा बोलेका छैनन् । बैठकले उपचाररत नेता कृष्णप्रसाद सिटौलाको शीघ्रस्वास्थ्य लाभको कामना पनि गरेको छ । बैठक बिहीबार पनि बस्दैछ ।

प्रकाशित : पुस ८, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?