दाहाललाई संसदीय दलको नेता बनाउने माधव नेपालको प्रस्ताव पारित

जयसिंह महरा

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए । 

दाहाललाई संसदीय दलको नेता बनाउने माधव नेपालको प्रस्ताव पारित

यो पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हितविपरीत काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए । नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।


प्रकाशित : पुस ८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?