३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तत्काल स्थगनको आदेश दिन अस्वीकार, सबै निवेदन संवैधानिक इजलासमा

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाई गरी त्यसलाई यथास्थितिमा राख्नेगरी अल्पकालीन आदेश दिन अस्वीकार गरेको छ ।

तत्काल स्थगनको आदेश दिन अस्वीकार, सबै निवेदन संवैधानिक इजलासमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । अब सम्भवत शुक्रबार बस्ने संवैधानिक इजलासमा सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरे पनि 'अन्तरिम आदेश’ दिने सम्भावना नै अन्त्य भएको होइन । शुक्रबार संवैधानिक इजलासमा निवेदकहरु र सरकारी पक्षको बहस सुनुवाइ गरेर पनि अन्तरिम आदेश दिने सम्भावना भने बाँकी नै छ । तर प्रधानन्यायाधीश जबराले संसद् विघटनको निर्णयलाई तत्काल नरोके अपूरणीय क्षति हुनसक्ने भन्दै आदेश माग भएको विषयमा भने राष्ट्रपतिको संसद विघटनसम्बन्धी सूचना 'यथास्थितिमा राख्न’ जरुरी नदेखेका हुन् । प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले उनीहरूलाई पनि सुन्नुपर्ने प्रधानन्यायाधीशको भनाइ थियो । प्रधानन्यायाधीशले भने, 'प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मा मात्रै छ । त्यो कसरी गर्ने भन्नेबारे सर्वोच्च अदालतले निर्क्यौल गर्छ

आदेश गरेको केहीबेरमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा सरिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन कार्यक्रममा जाँदैछन् ।

प्रकाशित : पुस ८, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?