प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव दाहाल-नेपाल समूहको बैठकबाट पारित

काठमाडौँ — नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । बबरमहलमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आइतबार भएको संसद् विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव दाहाल-नेपाल समूहको बैठकबाट पारित

आन्दोलनका स्वरुप भने बुधबार कांग्रेस लगायत दलसँग छलफल गरेर तय गर्ने र पर्सिको बैठकपछि आन्दोलन अगाडि बढाउने नेकपाले जनाएको छ ।

यस्तै भोलि १ बजे संसदीय दलको बैठक पनि आह्वान गरिएको छ । मंगलबारको केन्द्रीय कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सांसद तथा कैलालीका नेता दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित : पुस ७, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?