माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव पारित

महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित
जयसिंह महरा

काठमाडौँ — काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । 

माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव पारित

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए । पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।

बैठकमा अर्का अध्यक्ष दाहालले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएकाे बताएका थिए । 'पहिले पनि आलाेपालाेको मान्यता थियाे । तर, ओलीकाे एकाधिकारवादी व्यवहरका कारण त्याे भएकाे थिएन । अब हामी मिलेर अगाडि जानेछाैं,' बैठकमा दाहालले भनेका थिए ।

पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

प्रकाशित : पुस ७, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?