कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धनगढीमा रहेका नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल–नेपाल समूहको नियन्त्रणमा

अर्जुन शाह

धनगढी — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह र अर्का अध्यक्ष केपी शर्मा ओलीले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक राखेसँगै जिल्ला पार्टी कार्यालयहरुमा नियन्त्रणमा लिन थालिएको छ ।

धनगढीमा रहेका नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल–नेपाल समूहको नियन्त्रणमा

धनगढीमा रहेका नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल-नेपाल समूहका नेता, कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । मंगलबार दिउँसो उनीहरुले दुवै कार्यालय नियन्त्रणमा लिएर बेग्लै ताला लगाएका हुन् ।

कैलालीमा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु नेतृत्वमा छन् । जिल्ला अध्यक्ष रतन थापा र प्रदेश अध्यक्ष कर्ण थापा भएकाले ती पार्टी कार्यालयहरु उनीहरुकै निगरानीमा थिए ।

‘हामीले कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालय आफ्नो नियन्त्रणमा लिएका छौं,’ नेकपाको कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले भने । कैलालीको जिल्ला कार्यालय आफ्नै भवनमा थियो भने प्रदेश कार्यालय भाडाको भवनमा छ ।

प्रकाशित : पुस ७, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?