कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय

काठमाडौँ — नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय

बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।

उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।

मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । त्यसलाई महाधिवशेन आयोजक कमिटी भनिएको छ ।


प्रकाशित : पुस ७, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?