१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

राष्ट्रपतिद्वारा अमेरिकाका लागि राजदूतमा खतिवडा नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् । 

राष्ट्रपतिद्वारा अमेरिकाका लागि राजदूतमा खतिवडा नियुक्त

मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

'राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,' घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस ७, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?