दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठकमा ओलीलाई अनुशासनको कारबाहीसहित ९ एजेन्डा प्रस्तुत

काठमाडौँ — बबरमहलमा सुरु भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका छन् । 

दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठकमा ओलीलाई अनुशासनको कारबाहीसहित ९ एजेन्डा प्रस्तुत

दाहाल-नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ । 'वितरित प्रस्तावबारे केन्द्रीय सदस्यहरुले बोल्नुहुन्छ । सबैका कुरा सुनेरमात्रै निर्णयमा गइन्छ,' नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रकाशित : पुस ७, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?