०७८ मंसिरमा महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

काठमाडौँ — नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

०७८ मंसिरमा महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ ।

त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित : पुस ७, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?