१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष

काठमाडौँ — प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ । 

प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष

सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी भएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । '

बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्य छलफल गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले संविधानमा हुँदै नभएको प्रावधान प्रयाेग गरियो भन्ने साझा धारणा बनाएको पनि उनले बताए । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताए ।

बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी थिए भने नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । त्यस्तै जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत थिए ।

प्रकाशित : पुस ६, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?