ओली समूहले बोलायो मंगलबार बिहान केन्द्रीय कमिटी बैठक - समाचार - कान्तिपुर समाचार

ओली समूहले बोलायो मंगलबार बिहान केन्द्रीय कमिटी बैठक 

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

मंगलबार बिहान बालुवाटारमा ओली समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएको हो ।मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेला बोलाइएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जनाएका छन् ।


प्रकाशित : पुस ६, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक बस्दै

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठकका लागि नेकपा र जनता समाजवादी पार्टीका नेताहरू पुगेका छन्।

बैठकका लागि पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुनल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुनेछ ।

आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।

आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका थिए ।

प्रकाशित : पुस ६, २०७७ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×