३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्दिया निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान, २ पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबार राति सेना र तस्करबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५/६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका सेनाबीच गोली हानाहान भएको हो ।

बर्दिया निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान, २ पक्राउ

निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले सुरक्षाकर्मीलाई देख्‍न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेको बताए । दुवैतर्फ फायर भएपनि कुनै मानवीय क्षति नभएको उनले जनाए ।

घटनामा संलग्‍न दुई जना सिकारी पक्राउ परेका छन् । उनीहरुको साथबाट निकुञ्जको गस्ती टोलीले तीन थान भरुवा बन्दुक,गोली,बन्दोबस्तीका सामान,जरायो र दुम्सीका मासु फेला परेको थापाले बताए ।

आइतबार अबेरसम्म संयुक्त सुरक्षाकर्मीले फरार रहेका सिकारीहरुलाई पक्राउ गर्न खोजी कार्य जारी राखेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : पुस ५, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?