कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता छन् नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने लगायत ४ निर्णय गरेको छ । 

यस्ता छन् नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु

बालुवाटारमा आइतबार बेलुकी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका लागि सिफारिस गर्ने, केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जनाए ।

नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु

१–ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक

२–प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त

३–सोमबार १ बजे संसदीय दलको बैठक, ३ बजे स्थायी कमिटी बैठक

४–पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन

प्रकाशित : पुस ५, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?