संसद् विघटनले प्रधानमन्त्री ओलीको गणतन्त्र र संघीयता विरोधी मानसिकता छर्लङ : मुख्यमन्त्री राउत

अजित तिवारी

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनीधिसभा विघटनले प्रधानमन्त्री केपी शर्मा ओलीको गणतन्त्र र संघीयताविरोधी मानसिकतालाई छर्लङ पारेको बताएका छन् । उनले ओलीको यो कदमले मुलुक बर्बादीतिर धकेलिएको समेत बताए ।

संसद् विघटनले प्रधानमन्त्री ओलीको गणतन्त्र र संघीयता विरोधी मानसिकता छर्लङ : मुख्यमन्त्री राउत

‘ओलीजीलाई गणतन्त्र र संघीयता पचेकै थिएन । संसद् विघटनको कदले उनको त्यो मानसिकता छर्लङ पारिदिएको छ,’ मुख्यमन्त्री राउतले आइतबार अपरान्ह कान्तिपुरसँग भने,‘कुर्सी र व्यक्तिगत स्वार्थका लागि ओलीले मुलुकलाई बर्बादीतिर लगेका छन् ।’ राउतले प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक र प्रतिगामी रहेको समेत प्रतिकृया दिए ।

‘पार्टीको आन्तरिक कलह र झगडाका कारण मुलुकलाई समस्या पार्ने काम भएको छ,’ मुख्यमन्त्री राउतले भने,‘समय भन्दा पहिला निर्वाचन गराउँदा जोडनुस त राजस्वको कति नोक्सान हुन्छ । संघीय सरकारले संविधान बचाउन सकेन् ।’

उनले मुलुकमा नै राजनीति गतिरोध छाएकाले त्यसको असर प्रदेश सरकारमा पनि पर्न सक्ने बताए । ‘हामीसँग प्रदेशसभा त छ । तर यो कदमले केही गर्नसक्ने स्थिती देखिदैन,’ मुख्यमन्त्री राउतले भने,‘प्रतिगामी कदमबारे पार्टीले के गर्ने भनेर निर्णय गर्ला नै । यो कानुन संवत छ/छैन त्यसको पनि बहस हुनेछ ।’

प्रकाशित : पुस ५, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?