३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संसद् विघटन प्रस्तावविरुद्ध हेटौंडामा प्रदर्शन

सुवास विडारी

मकवानपुर — आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरिएको छ ।

संसद् विघटन प्रस्तावविरुद्ध हेटौंडामा प्रदर्शन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा विरोध प्रदर्शन गरेको हो । कांग्रेस कार्यालयबाट सुरु भएका विरोध र्‍याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री प्रभातकुमार दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गलत कदम चालेकोभन्दै तत्काल संसद विघटन गर्ने प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले देशमा अस्थिरता निम्त्याउने काम गरे । यो गलत हो,’ उनले भने । यस कदमको विरुद्ध कांग्रेस अझै सशक्त आन्दोलन गर्ने उनले बताए ।

नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्ष राजु खतिवडाले संसद् विघटन गरेर वर्तमान सरकार ‘कू’ को बाटोतर्फ अग्रसर भएको भन्दै यो गलत कदमको विरुद्ध सबैलाई लाग्न आग्रह गरे ।

प्रकाशित : पुस ५, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?