२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राष्ट्रपतिले विवेक पुर्‍याउनु होला : रघुजी पन्त

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन सिफारिस गरेको भन्दै राष्ट्रपतिले विवेक पुर्‍याउनुपर्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा भाग लिन बालुवाटार पुगेका पन्तले भने, 'प्रधानमन्त्रीले गरेको सिफारिस संविधानसम्मत छैन,' पन्तले भने । 

राष्ट्रपतिले विवेक पुर्‍याउनु होला : रघुजी पन्त

'राष्ट्रपति संविधानको संरक्षक हुनुहुन्छ । प्रधानमन्त्रीको सिफारिस मान्नुपर्छ भन्ने उहाँलाई बाध्यता छैन । यसमा उहाँले विवेक पुर्‍याउने प्रशस्त ठाउँ छ । त्यसैले मुलुक दुर्घटनातिर जाँदैन होला भन्ने मलाई लाग्छ,' पन्तले भने ।


प्रकाशित : पुस ५, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?