१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रधानमन्त्री ओलीले स‌ंविधानको अपहरण गरे : शर्मा

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले स‌ंविधानको अपहरण गरे : शर्मा

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटनको प्रस्ताव गरेकोमा प्रतिक्रिया दिँदै शर्माले प्रधानमन्त्री ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण भएको बताएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔँ ।’

मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि आइतबार बिहान सिफारिस गर्ने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनावपूर्ण बनेको छ ।

प्रकाशित : पुस ५, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?