१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, चालक घाइते

तृप्ति शाही

बैतडी — बैतडीको मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ गइरहेको सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, चालक घाइते

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षका नारायण भट्ट र नामथर पनि एउटै भएका ५८ वर्षीय नारायण भट्ट रहेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाका चालक २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी अधिकारीका अनुसार ट्र्याक्टर सडकबाट १ सय मिटर जति तल खसेर दुर्घटना भएको हो । उनले घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : पुस ४, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?