समाचार

विपक्षी मोर्चा कस्दै कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको बेथितिविरुद्ध संसदमा सशक्त आवाज उठाउन अर्को विपक्षी जनता समाजवादी पार्टीका नेताहरूसँग परामर्श गरेको छ । दुवै दलले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन पनि माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जसपाका नेताहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् । उनले जनसरोकार, बेथिति र भ्रष्टाचारका मुद्दामा सँगै मिलेर अघि बढ्न आग्रह गरेका छन् । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जनसरोकारको मुद्दामा सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको बताए ।

नेकपामा म्याराथन भेट : सहमतिको कोसिस कि प्रचारमात्रै ?

पार्टीभित्र दुवै समूहका गतिविधि र तयारीले नेकपाको आन्तरिक राजनीति विभाजनतर्फ उन्मुख भइरहेको बेला शनिबार भने नाटकीय रुपमा भेटवार्ता भएका छन् । नेकपामा शनिबार भएका यी म्याराथन भेटवार्ता साँच्चै सहमति जुटाउने कोसिस हुन् कि प्रचारमात्रै ? नेकपाकै दोस्रो, तेस्रो तहका नेता र कार्यकर्तासमेत अचम्ममा परेका छन् । 

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, चालक घाइते

बैतडीको मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ गइरहेको सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

२४ घण्टामा ७१० जनामा कोरोना पुष्टि, १ हजार १७५ कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण देखिएको छ । 

रामजानकी विवाह : स्वयंवर सम्पन्‍न

जनकपुरको रंगभूमि मैदान रामजानकीको स्वयंवर सम्पन्‍न भएको छ । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलले फेरा लगाएर रामजानकीको स्वयंवर गरिएको छ ।

खुमलटारबाट ओली र गौतम बाहिरिए, नेपाल पुगे

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर खुमलटारबाट फर्किएका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला शनिबार बिहान दाहाल निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टाको छलफलपछि त्यहाँबाट बाहिरिएका हुन् । 

दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका छन्  ।

सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई नि:शुल्क इन्टरनेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी, अभिभावक र शिक्षकलाई नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

राजकुमार चेपाङको परिवारलाई बल्ल राहत

चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका बेला कुटपिटमा परेर मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई निकुञ्जले बिहीबार ६ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । गएको साउन १ मा राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका २४ वर्षीय राजकुमारसहित ७ जना स्थानीय निकुञ्ज छिरेका थिए ।

शनिबार रामजानकी विवाह महोत्सव मनाइँदै

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव शनिबार विधिपूर्वक हुँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा जानकी मन्दिरको आयोजनामा शनिबार रामजानकी विवाह हुँदैछ ।

ओम्‍नी प्रकरणबाट पन्छियो लेखा समिति

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी अनुसन्धानलाई बीचैमा टुंग्याएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन दिँदासमेत समितिले अनुसन्धानबाट हात झिकेको हो ।

दाहाललाई भेट्न खुमलटार जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन्  ।

देउवाले साथ दिएको आशंका

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका कारण हुन सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

ओली प्रवृत्तिको प्रतिवाद गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर आपत्ति जनाउँदै आएको नेकपाको असन्तुष्ट समूहले प्रदेशस्तरीय भेला गर्दै ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको छ  ।

कहिले खुल्ला रेलको घुम्टो ?

धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेट त्यसै थन्क्याएर राखिएपछि जनकपुरवासीमा निराशा छ । जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट सरकारले कहिले चलाउँछ भन्ने अन्योल छ । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार ‘ओली सरकारको हस्तक्षेपका कारण रेल महिनौंदेखि थन्किएको’ स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे ।

टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

रेशम चौधरीलगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् । राजनीतिक चलखेलका कारण जिल्ला अदालतको फैसला उल्टिने हो कि भन्ने आशंकामा रहे पनि बिहीबार उच्च अदालतको फैसलाले न्याय पाएको महसुस भएको उनीहरू बताउँछन् ।

बन्दोबस्तीबिनै बीओपी

मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नेचुङस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी केही साताअघिसम्म दिउँसो र मौसमको अनुकूलता हेरेर साँझपख पनि वरपर बाक्लै निस्कन्थे । स्थानीयसँग उनीहरूको भेटघाट नियमितजसो हुन्थ्यो ।