१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाँच जनाको सामूहिक हत्या गरेकालाई जन्मकैदको फैसला

घनश्याम गौतम

रूपन्देही — तिलोत्तमा नगरपालिका–१० मैनहवामा सात महिनाअघि भएको सामूहिक हत्याकाण्डमा संलग्नलाई जिल्ला अदालत रूपन्देहीले जन्मकैदको फैसला सुनाएको छ ।

पाँच जनाको सामूहिक हत्या गरेकालाई जन्मकैदको फैसला

जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले सुर्खेतको लेकबेंसी नगरपालिका–३ घर भई बुटवल बस्दै आएका ३१ वर्षीय झसेन्द्र सिन्जाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो । सिन्जालीले २०७७ जेठ २ गते तिलोत्तमा–१० स्थित गंगादेवी पशु फार्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी पत्नी ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोषराज मुसहर, १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको हत्या गरेका थिए ।

फर्ममा सँगै गर्दै आएका सिन्जालीले आफूलाई उनीहरूले गलत अफवाह फैलाएर चरित्र–हत्या गरेपछि रिसको झोंकमा हत्या गरेको प्रहरीलाई बयान दिएका थिए । पोस्टमार्टम रिपोर्ट, प्रहरीको अनुसन्धान र अभियुक्तको बयानमा घटना नियोजित रूपले गरेको प्रमाणले देखाएकाले उनलाई जन्मकैदको सजाय सुनाइएको फैसलामा उल्लेख छ । सिन्जालीले पाँचै जनालाई राति सुतेका बेला फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

प्रकाशित : पुस २, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?